परमेश्वरको वचनमा पूर्ण रूपले आज्ञाकारी भएका अब्राहामसित परमेश्वरले करार बाँध्नुभयो । अब्राहाम इस्राएलका पुर्खा कहलिए र तिनले ‘विश्वासको पिता’ भन्ने उपाधि पाए ।
नोआको जहाजको कहानीभित्र, परमेश्वरले मानव-जातिलाई पठाउनुभएको मुक्तिको सन्देश समावेश छ । अन्तिम विपत्ति आउनुअघि सम्पूर्ण मानव-जातिले खोज्नुपर्ने ‘आत्मिक जहाज’ कहाँ छ होला ?
पुरानो करारको समयमा परमेश्वरको मुक्तिको कार्यचाहिँ उहाँको चुनाउ र करारअनुसार गरिएको थियो । पिता यहोवा परमेश्वरले इस्राएलीहरूलाई चुन्नुभएर तिनीहरूसँग पुरानो करार स्थापना गर्नुभयो, र करार पालन गर्नेहरूलाई बचाउनुभयो ।
बाइबलको इतिहास आकाश र पृथ्वीको सृष्टिसँगै सुरु भएर स्वर्गको आगमनसँगै समाप्त हुन्छ । परमेश्वरले मानव-जातिलाई स्वर्गमा डोऱ्याउनको निम्ति मुक्तिको प्रबन्धलाई आकाश र पृथ्वीको सृष्टि कार्यद्वारा अगमवाणी गर्नुभयो ।
के साँच्चै यहोवा परमेश्वर नै येशू ख्रीष्ट हुनुहुन्छ ? उहाँहरू स्वरूपमा बिलकुल फरक देखिनुभए तापनि शरीरमा आउनुभएका येशू ख्रीष्ट नै यहोवा परमेश्वर हुनुहुन्छ भनेर बाइबलमा स्पष्ट गवाही दिइएको छ ।