ख्रीष्ट

परमेश्वरले ६,००० वर्षको मुक्तिको प्रबन्धलाई तीन युगमा विभाजन गर्नुभयो ।
उहाँले पिताको युग, पुत्रको युग र पवित्र आत्माको युगमा गर्नुभएको कार्यद्वारा हामीले ख्रीष्टलाई सही तरिकाले चिनेर ग्रहण गर्नुपर्छ ।
तब बल्ल हामीले मुक्तिको आशिष् पाउन सक्छौं ।

बाइबल र ख्रीष्ट

बाइबलचाहिँ सृष्टिकर्ता परमेश्वरको वचन समाविष्ट पुस्तक हो । परमेश्वरले करीब १,६०० वर्षको अवधिमा धेरै मानिसहरूद्वारा बाइबल लेखाउनुभयो, र यसभित्रका विषयहरूलाई स्वयम्‌ले सुरक्षित राख्नुभयो । कारण बाइबलमा अनन्त जीवनको रहस्य छ, जसले मानिसहरूलाई पाप र मृत्युबाट बचाएर स्वर्ग-राज्य प्रवेश गराउन सक्छ (यूह ५:३९) ।

तीमध्ये सबैभन्दा महान् रहस्य नै ख्रीष्ट हुनुहुन्छ, जो मानव-जातिलाई बचाउनको निम्ति देखा पर्नुभएको छ (कल १:२६-२७; २:२-३) । समय-सीमालाई पार गर्ने थुप्रै अगमवाणीहरूद्वारा बाइबलले यो पृथ्वीमा आउनुहुने मुक्तिदाताको विषयमा गवाही दिएको छ । शरीरमा आउनुहुने परमेश्वर अर्थात् ख्रीष्टलाई हामीले केवल बाइबलद्वारा मात्र चिन्न सक्छौं ।

थप जानकारी

मानव-जातिको मुक्तिको निम्ति
परमेश्वरले प्रत्येक युगमा फरक-फरक नाउँमा कार्य गर्नुभयो ।
त्यसैले बाइबलमा पिता, पुत्र र पवित्र आत्माको नाउँ देखा परेको हो ।

येशूज्यूअघि

पिता यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भन्नुभयो ।

पिता यहोवा परमेश्वरले वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभयो । त्यसपछि उहाँले मानिसहरू बनाउनुभई तिनीहरूलाई अदनको बगैँचामा रहने गराउनुभयो । परमेश्वरको वचनमा अनाज्ञाकारी भएर मर्नुपर्ने भएका मानिसहरूका निम्ति परमेश्वरले आफ्नो रगत बगाउनुभएर बलिदान गर्नुभई तिनीहरूलाई अनन्त जीवनको बाटो टाढैबाट देखाइदिनुभयो ।

त्यसपछि परमप्रभु परमेश्वरले इस्राएलीहरूलाई चुन्नुभएर पुरानो करार स्थापना गर्नुभयो । परमेश्वरले करार पालन गर्नेहरूलाई मात्र आशिष् दिनुभयो । यसले, भविष्यमा परमेश्वरको करार पालन गर्नेहरूले मात्र उद्धार पाउनेछन् भन्ने कुरालाई पूर्वचित्रण गरेको छ । परमेश्वरले नयाँ करार स्थापना गर्नुहुने बारे अगमवाणी गर्नुभएर नयाँ करार पालन गर्ने मानिसहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार गर्नुभई तिनीहरूलाई बचाउनेछु भन्नुभयो (यर ३१:३१-३३) ।

थप जानकारी

पहिलो आगमनका येशूज्यू

परमेश्वरका पुत्र येशूज्यूले नयाँ करार घोषणा गर्नुभयो ।

२,००० वर्षअघि परमेश्वर मानिसको स्वरूपमा आउनुभयो । उहाँ नै पुत्र येशूज्यू हुनुहुन्छ । येशू ख्रीष्टले पुरानो करारको अगमवाणीअनुसारै जीवन जिउनुभयो । दाऊदको सिंहासनको अगमवाणीअनुसार उहाँले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुभयो । त्यसपछि उहाँ मानव-जातिको पाप उठाइलैजाने थुमाको रूपमा क्रूसमा बलि हुनुभयो ।

येशूज्यूले त्यो बलिदानको रगतद्वारा स्थापना गर्नुभएको निस्तार-चाडचाहिँ मानव-जातिलाई पाप क्षमा र अनन्त जीवन प्रदान गर्ने नयाँ करारको केन्द्रबिन्दु हो । पुरानो करारको समयमा इस्राएलीहरू निस्तार-चाड मानेर मिश्र देशको दासत्वबाट मुक्त भएका थिए । त्योजस्तै नयाँ करारका सन्तहरू नयाँ करार निस्तार-चाड मानेर पाप र मृत्युबाट मुक्त भई स्वर्गतर्फको मुक्तिको मार्गमा आउँछन् ।

थप जानकारी

दोस्रो आगमनका येशूज्यू

नयाँ करार पुनर्स्थापन गर्नुभएका पवित्र आत्मा आन साङ होङज्यू

येशूज्यूको स्वर्गारोहणपछि मण्डली धर्मनिरपेक्ष भयो, र नयाँ करारको सत्यता एक-एक गर्दै परिवर्तन हुन थाल्यो । येशूज्यूले सिकाइदिनुभएको र मानेर उदाहरण देखाइदिनुभएको शबाथ-दिन, निस्तार-चाड जस्ता जीवनको सत्यतालाई मण्डलीले इन्कार गरेर आइतबारको सेवा, क्रिसमस जस्ता झूटा शिक्षाहरूलाई अपनाउन थाल्यो । नयाँ करार लोप भएसँगै परमेश्वरले खोलिदिनुभएको मुक्तिको मार्ग पनि लोप भयो ।

नयाँ करारको सत्यता पुनर्स्थापन गरिदिन र मानव-जातिलाई मुक्ति दिनको निम्ति येशूज्यू दोस्रो पल्ट देखा पर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । अन्तिम इन्साफको दिनअघि उहाँ दोस्रो पल्ट यो पृथ्वीमा आउनुभएर सुरुको मण्डलीका सबै सत्यताहरू पुनर्स्थापन गर्नुपर्छ । बाइबलको अगमवाणीअनुसार परमेश्वर येशूज्यूको नयाँ नाउँ लिएर शरीरमा आउनुभयो र उहाँले नयाँ करार पुनर्स्थापन गरिदिनुभयो ।उहाँ नै पवित्र आत्मा परमेश्वर आन साङ होङज्यू हुनुहुन्छ ।

थप जानकारी