क्रिसमस कहिलेदेखि मनाउन थालियो ? चौथौ शताब्दीतिर, जब रोमको मण्डलीले सूर्य देवताको जन्मदिन रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा घोषणा गऱ्यो तब यो मनाउन थालियो ।
क्रूसको उत्पत्तिचाहिँ प्राचीन बेबिलोनको तम्मूजको उपासनाबाट भएको कुरा पत्ता लगाउन सकिन्छ । गैर-ईसाई धर्मको मूर्ति रहेको क्रूसले कसरी ख्रीष्टियान धर्ममा ठाउँ ओगट्यो भन्नेबारे ऐतिहासिक पृष्ठभूमि अध्ययन गरौं ।
येशूज्यूले स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाड किन इतिहासबाट लोप भयो ? सुरुको मण्डलीको समयदेखि ई.सं. ३२५मा निस्तार-चाड हटाइएको निकेया धार्मिक सम्मेलनसम्मको इतिहासलाई एक चोटि फर्केर हेरौं ।
ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावटचाहिँ ई.सं. ६४ देखि ख्रीष्टियानलाई मान्यता दिइएको साल ई.सं. ३१३सम्म करीब २५० वर्ष जारी रह्यो । सम्राटहरूको नेतृत्वमा गरिएको १० चरम सतावट जस्ता अनेक उत्पीडनको बाबजुद पनि ख्रीष्टियानहरूले विश्वासलाई परित्याग गरेनन् ।