आन साङ होङज्यू परमेश्वर हुनुहुन्छ भने के उहाँले चमत्कार र आश्चर्यका कामहरू देखाउनुपर्दैन र ?

7435 읽음

हामीले चमत्कार र आश्चर्यका कामहरूलाई होइन तर बाइबलको अगमवाणीलाई हेरेमा ख्रीष्टलाई सही तरिकाले चिनेर विश्वास गर्न सक्छौं ।

चमत्कार र आश्चर्यका कामहरू ख्रीष्टलाई चिनाउने प्रमाण होइन

चमत्कार र आश्चर्यका कामहरूद्वारा साँचो परमेश्वरलाई खोज्नु भनेको जोखिमपूर्ण कुरा हो । अन्त्यका दिनहरूमा झूटा ख्रीष्टहरूले मानिसहरूलाई चमत्कार र आश्चर्यका कामहरूद्वारा बहकाउनेछन् भनेर येशूज्यूले अगमवाणी गर्नुभयो ।

“किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खडा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन् ।” मत्ती २४:२४

झूटा ख्रीष्टहरूले चमत्कार र आश्चर्यका कामहरूद्वारा मानिसहरूलाई बहकाउने यी अन्त्यका दिनहरूमा, परमेश्वरले कदापि उही तरिकाद्वारा आफ्ना प्रजालाई मुक्ति दिनुहुन्न । तसर्थ चमत्कार र आश्चर्यका कामहरू ख्रीष्टलाई चिनाउने प्रमाण हुन सक्दैन । हामीले चमत्कार र आश्चर्यका कामहरूलाई पछ्यायौं भने झूटा ख्रीष्टहरूद्वारा बहकिएर मुक्ति गुमाउन पुग्छौं ।

बाइबलले ख्रीष्टको विषयमा गवाही दिएको छ

२,००० वर्षअघि येशूज्यूले गर्नुभएको आश्चर्यकर्मलाई देखेर पनि मानिसहरूले येशूज्यूलाई ख्रीष्टको रूपमा चिन्न सकेनन् । जौका पाँच रोटी र दुई माछाले ५,००० जनालाई खुवाउनुभएको चमत्कारलाई तिनीहरूले देखेका त थिए तर जब येशूज्यूले तिनीहरूलाई अनन्त जीवनको सत्यता जानकारी दिनुभयो तब धेरै जना पछि हटे, र १२ जना चेलाहरू मात्र बाँकी रहे (यूह ६:१-१५, ५४-६६) । चमत्कार र आश्चर्यका कामहरूमा केन्द्रित रहनेहरूले ख्रीष्टलाई चिन्न सक्दैनन् ।

“मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” … यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्न छोडे । यूह ६:५४-६६

येशूज्यूले “मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्” भन्नुभयो (यूह ५:३९) । सुरुको मण्डलीका सन्तहरूले येशूज्यूलाई ख्रीष्टको रूपमा विश्वास गरे र बाइबलको अगमवाणीद्वारा उहाँको विषयमा गवाही दिए (प्रे १७:२-३, ११-१२; लूक २४:२५-३२) । वर्तमान युगमा पनि उस्तै नै हो । ख्रीष्टलाई ग्रहण गर्नको निम्ति हामीले चमत्कार र आश्चर्यका कामलाई होइनकि बाइबलको अगमवाणीलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्छ ।

आन साङ होङज्यूले गर्नुभएको महान् चमत्कार

वास्तवमा आन साङ होङज्यूले महान् चमत्कार गर्नुभयो । उहाँले हामीलाई अनन्त जीवन प्राप्त गर्ने तरिका जानकारी दिनुभयो ।

मानौं, कसैले मरेको मानिसलाई पुनर्जीवित गराइदियो अथवा प्राणघातक रोग निको पारिदियो भने त्यो कुरालाई महान् चमत्कारको रूपमा लिने गरिन्छ । तर त्यसरी पुनर्जीवित भएको वा निको पारिएको मानिस अनन्तकाल भने जीवित रहन सक्दैन, र अन्त्यमा मृत्यु भोग्छ । पीडामा जिइरहेका, र नरक जाने तय भएका मानिसहरूका लागि हर्ष र खुशीले भरिएको स्वर्ग-राज्यमा सदासर्वदा जिउने गराउनु नै साँचो चमत्कार हो । यस्तो चमत्कार गर्न सक्ने व्यक्ति परमेश्वर मात्र हुनुहुन्छ (१ तिमो ६:१५-१६) ।

परमेश्वरले मात्र दिन सक्नुहुने अनन्त जीवनको सत्यता, नयाँ करार निस्तार-चाडलाई ख्रीष्ट आन साङ होङज्यूले पुनर्स्थापन गरिदिनुभयो । ई.सं. ३२५मा हटाइएदेखि करीब १,६०० वर्षसम्म कसैलाई थाहा नभएको निस्तार-चाड अब भने मानव-जातिले मान्न पाउने बाटो खुलेको छ । दोस्रो पल्ट आउनुभएका ख्रीष्ट आन साङ होङज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिको निम्ति अनन्त जीवनको महान् चमत्कार गरिदिनुभयो ।

पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기