निस्तार-चाड अनन्त जीवनको प्रतिज्ञा समाविष्ट सत्यता भएकोले महत्त्वपूर्ण छ । हाम्रो विश्वासको उद्देश्य आत्माको मुक्ति प्राप्त गर्नलाई हामीले नयाँ करार निस्तार-चाड अनिवार्य मान्नुपर्छ ।
मानव-जाति अनन्तकाल बाँच्ने रहस्य बाइबलभित्र छ । त्यो रहस्य नै अदनको बगैँचामा भएको जीवनको रूखको फल हो । दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभएर यो रहस्य जाहेर गरिदिनुभयो ।
कष्टको साता भन्नाले येशूज्यूले अन्तिम निस्तार-चाड मान्नुअघि यरूशलेममा प्रवेश गर्नुभएको दिनदेखि उहाँ क्रूसमा टाँगिनुभएसम्मको साता हो । मानव-जातिको मुक्तिको निम्ति मृत्युसम्म बलिदान हुनुभएका येशू ख्रीष्टको कष्टको साताको कार्यबारे अध्ययन गरौं ।