२,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको सत्यता आन साङ होङज्यूले सबै पुनर्स्थापन गरिदिनुभयो ।
जसअन्तर्गत माता परमेश्वर, नयाँ करारको शबाथ-दिन, निस्तार-चाड, ३ चरणका ७ वटा चाडहरू र आत्मासम्बन्धी विषयहरू पर्दछ ।
मानव आत्माचाहिँ विश्वभरि नै छलफलको विषय बनेको एक आध्यात्मिक विषय हो ।
ख्रीष्टियान धर्म लगायत अन्य धर्महरूले आत्माको विषयमा अध्ययन गर्दै आफ्नै तरिकाले अर्थ लगाउने गर्छन् ।
तर यसबारे कुनै ठोस, विश्वसनीय र तर्कसङ्गत प्रवचन भने सुन्न पाइँदैन ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले बाइबलमा समाविष्ट मुक्तिसम्बन्धी सबै सत्यताहरू सिकाइदिनुभयो । अझ विशेषतः उहाँले बाइबलको मूल सत्यता, माता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभयो । संसारको सृष्टिदेखि अगमवाणी गरिएको यस युगकी मुक्तिदाता माता परमेश्वरको विषयमा आन साङ होङज्यूले दिनुभएका गवाहीहरू हेरौं ।
यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने अगमवाणीअनुसार येशूज्यूले निस्तार-चाडद्वारा नयाँ करार स्थापना गर्नुभयो । मानव-जातिले नयाँ करार निस्तार-चाडद्वारा पूर्ण रूपमा पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सकेका छन् ।
आन साङ होङज्यूले मुक्तिको सत्यतालाई यी पुस्तकहरूमा लेखिछोड्नुभयो । बाइबलमा मोहोरबन्द भएको मुक्तिको सत्यतालाई जो कोहीले बुझेर अनन्त जीवन पाउन सकून् भन्ने अर्थमा यी पुस्तकहरूमा त्यसबारे विस्तृत शिक्षा दिइएको छ ।