येशूज्यूले बताउनुभएको स्वर्गीय विवाह भोजको दृष्टान्त(मत्ती अध्याय २२)मा, यस युगका सन्तहरूले अनन्त जीवन पाएर स्वर्ग जानको निम्ति अनिवार्य बुझ्नुपर्ने सत्यता समावेश छ ।
यो पृथ्वीमा परिवार भएजस्तै स्वर्गमा पनि आत्माका पिता, माता र सन्तानद्वारा गठित ‘स्वर्गीय परिवार’ छ । स्वर्गको परिवारसम्बन्धी बाइबलको गवाही, र त्यसको सदस्य बन्ने तरिकाबारे बुझौं ।
पुरानो करार बाइबलमा ‘परमेश्वर’को बहुवचन शब्द ‘एलोहिम’ करीब २,५०० पटक प्रयोग भएको देखिन्छ । बाइबलले गवाही दिएको ‘एलोहिम परमेश्वर’चाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।