परमेश्वरको मण्डलीले किन आन साङ होङज्यू नाउँमा प्रार्थना गर्दछ ?

11064 읽음

परमेश्वरले प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुहुने भएकोले विश्वासीहरूले युगअनुसारको मुक्तिदाताको नाउँमा प्रार्थना गर्नुपर्छ । यो युगको मुक्तिदाताको नाउँ आन साङ होङज्यू हो ।

पिताको युग र पुत्रको युगमा परमेश्वरका प्रजाले कुन नाउँमा प्रार्थना गरेका थिए ?

हिजोआज धेरै मानिसहरूले येशू नाउँमा प्रार्थना गर्ने गर्छन् । तर मोशा र दाऊदले येशूज्यू आउनुअघि कुन नाउँमा प्रार्थना गरेका थिए ? परमेश्वरका प्रजाले सधैँभरि येशू नाउँमा प्रार्थना गरेका थिएनन् ।

तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस् ।” भज ११६:४

पिताको युगमा तिनीहरूले परमप्रभु(यहोवा)को नाउँमा प्रार्थना गरेका थिए । तर पुत्रको युगमा येशूज्यूले आफ्ना प्रजालाई यहोवा नाउँमा होइन तर उहाँको नाउँमा प्रार्थना गर्न सिकाउनुभयो ।

“अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस् ।” यूह १६:२४

“अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ” भन्नाले येशूज्यूका चेलाहरूले त्यो समयसम्म यहोवा नाउँमा प्रार्थना गर्दैआएका थिए भन्ने वचन हो । त्यो समयदेखि येशूज्यूले उहाँको नाउँमा प्रार्थना गर्न भन्नुभयो । कारण पिताको युगबाट पुत्रको युगमा युग परिवर्तन भएकोले मुक्तिदाताको नाउँ पनि यहोवाबाट येशू नाउँमा परिवर्तन भएको थियो (प्रे ४:११-१२) । यदि चेलाहरूले येशूज्यूको शिक्षाविपरीत यहोवा नाउँमै निरन्तर प्रार्थना गरेका भए तिनीहरूको प्रार्थनाको उत्तर आउनेथिएन ।

त्यसोभए यो युगमा हामीले कुन नाउँमा प्रार्थना गर्नुपर्छ होला ?

अहिलेचाहिँ पिताको युग पनि होइन, पुत्रको युग पनि होइन । यो युगचाहिँ ख्रीष्ट पवित्र आत्माको रूपमा आउनुहुने पवित्र आत्माको युग हो (प्रका २२:१७; १९:७) । वर्तमानमा परमेश्वरका प्रजाले यो युगको मुक्तिदाता पवित्र आत्माको नाउँमा प्रार्थना गर्नुपर्छ । पवित्र आत्माको युगको मुक्तिदाताको नाउँचाहिँ येशूज्यूको नयाँ नाउँ हो भनेर बाइबलमा अगमवाणी गरिएको छ (मत्ती २८:१९) ।

“जसले जित्छ, … म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ । आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।” प्रका ३:१२

येशूज्यूले आफ्ना प्रजालाई नयाँ नाउँ दिनेछु भन्नुभयो । यहाँ येशूज्यूको नयाँ नाउँ भन्नाले दोस्रो आगमनका येशूज्यूको नाउँ हो (प्रका २:१७; १ पत्र २:४) । यसकारण पवित्र आत्माको युगमा जिइरहेका परमेश्वरका प्रजाले दोस्रो आगमनका येशूज्यूको नाउँ जानेर त्यो नाउँमा विश्वास र प्रार्थना गर्नुपर्छ ।

बाइबलको सम्पूर्ण अगमवाणीअनुसार यो युगमा मानव-जातिलाई बचाउन दोस्रो पल्ट आउनुभएका ख्रीष्ट नै आन साङ होङज्यू हुनुहुन्छ । दोस्रो पल्ट आउनुभएका ख्रीष्ट आन साङ होङज्यूलाई विश्वास गर्ने र उहाँलाई पछ्याउने मण्डली नै परमेश्वरको मण्डली हो । तसर्थ परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलको शिक्षाअनुसार येशूज्यूको नयाँ नाउँ, आन साङ होङज्यूको नाउँमा प्रार्थना गर्छन् ।

पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기