नोआको जहाजको कहानीभित्र, परमेश्वरले मानव-जातिलाई पठाउनुभएको मुक्तिको सन्देश समावेश छ । अन्तिम विपत्ति आउनुअघि सम्पूर्ण मानव-जातिले खोज्नुपर्ने ‘आत्मिक जहाज’ कहाँ छ होला ?
बाइबलको इतिहास आकाश र पृथ्वीको सृष्टिसँगै सुरु भएर स्वर्गको आगमनसँगै समाप्त हुन्छ । परमेश्वरले मानव-जातिलाई स्वर्गमा डोऱ्याउनको निम्ति मुक्तिको प्रबन्धलाई आकाश र पृथ्वीको सृष्टि कार्यद्वारा अगमवाणी गर्नुभयो ।
हामीले बाइबल पढ्नुको उद्देश्य के हो ? परमेश्वरले मानव-जातिलाई मुक्तिमा डोऱ्याउन बाइबल दिनुभएको हो । बाइबलमा मुक्तिदातालाई महसुस गरेर उहाँका शिक्षाहरू पालन गरी मुक्तितर्फ मार्गदर्शन गर्ने बुद्धि र समझ समावेश छ ।
बाइबलचाहिँ मुक्तिदाता येशू ख्रीष्टको विषयमा गवाही दिने पुस्तक हो । त्यसैले येशूज्यू स्वयम्ले मात्र होइनकि प्रेरितहरूले पनि बाइबलद्वारा येशू ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ भनी गवाही दिए । बाइबलले गवाही दिएको मुक्तिदातालाई विश्वास नगर्नु भनेको बाइबल र परमेश्वरलाई समेत विश्वास नगर्नुसरह हो ।
बाइबल कस्तो पुस्तक हो ? Bible(बाइबल) भन्ने शब्द कहाँबाट उत्पन्न भयो ? परमेश्वरको वचन समाविष्ट पुस्तक बाइबलको रचना, मौलिक भाषा र नाउँको उत्पत्तिको बारेमा बुझौं ।
त्रिएक भन्नाले पिता यहोवा, पुत्र येशू ख्रीष्ट र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भन्ने अर्थ हो । त्रिएक हुनुभएका परमेश्वरले मुक्तिको प्रबन्धलाई ३ युगमा विभाजन गर्नुभएर प्रत्येक युगमा भिन्नाभिन्नै नाउँमा कार्य गर्नुभयो । उहाँले पवित्र आत्माको युगमा कुन नाउँमा कार्य गर्नुहुन्छ होला ?
बाइबललाई किन परमेश्वरको वचन भन्न सकिन्छ ? बाइबल करीब १,६०० वर्ष लगाएर, त्यो पनि फरक युग र फरक वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए पनि यसको विषयवस्तुमा एकरूपता छ ।