ख्रीष्टको अर्थ,
शरीरमा आउनुभएका परमेश्वर
‘ख्रीष्ट’ शब्दको अर्थ अभिषिक्त जन हो । फेरि भन्नुपर्दा, मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वर भन्ने अर्थ हो । ख्रीष्टियान धर्मको केन्द्रबिन्दु भनेको यो पृथ्वीमा मानिसको रूपमा आउनुभएका मुक्तिदाताप्रतिको विश्वास हो । हामीले ख्रीष्टको शारीरिक स्वरूपलाई हेरेर होइन तर बाइबलको अगमवाणीद्वारा ख्रीष्टलाई सही तरिकाले चिनेर ग्रहण गरेमा मुक्ति पाउन सक्छौं ।