१६औँ शताब्दीमा गरिएको लुथरको धर्म-सुधारबाट धार्मिक स्वतन्त्रता त प्राप्त भयो तर यसले रोमन क्याथोलिक मण्डलीले बनाएको गलत सिद्धान्तलाई सच्च्याउन भने सकेन । दोस्रो आगमनका ख्रीष्ट आउनुभएर सुरुको मण्डलीको नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभई पूर्ण धर्म-सुधार गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीचाहिँ सुरुको मण्डलीको सत्यता र विश्वासलाई पुनर्स्थापन गरेको सत्य मण्डली हो । यो मण्डलीले बाइबलको शिक्षालाई पालन गर्दै पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा मानव-जातिलाई मुक्ति र आनन्द बाँड्दछ ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पूर्ण धर्मसुधार गर्नुभयो । उहाँले मण्डलीको इतिहासबाट लोप भएको नयाँ करारको सत्यतालाई पूर्ण रूपमा पुनर्स्थापन गर्नुभयो, र एकमात्र वैधानिक मण्डली, परमेश्वरको मण्डलीलाई पुनर्निर्माण गर्नुभयो ।