धेरै ख्रीष्टियानहरूले दोस्रो आगमनका येशूज्यूको प्रतीक्षा गर्दै स्वर्गतिर हेर्ने गर्छन् । तर उहाँ आइसक्नुभयो । बाइबलको अगमवाणीअनुसार आउनुभएर नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभएका दोस्रो आगमनका येशूज्यू नै आन साङ होङज्यू हुनुहुन्छ ।
पुरानो करारको समयमा परमेश्वरको मुक्तिको कार्यचाहिँ उहाँको चुनाउ र करारअनुसार गरिएको थियो । पिता यहोवा परमेश्वरले इस्राएलीहरूलाई चुन्नुभएर तिनीहरूसँग पुरानो करार स्थापना गर्नुभयो, र करार पालन गर्नेहरूलाई बचाउनुभयो ।
बाइबलको इतिहास आकाश र पृथ्वीको सृष्टिसँगै सुरु भएर स्वर्गको आगमनसँगै समाप्त हुन्छ । परमेश्वरले मानव-जातिलाई स्वर्गमा डोऱ्याउनको निम्ति मुक्तिको प्रबन्धलाई आकाश र पृथ्वीको सृष्टि कार्यद्वारा अगमवाणी गर्नुभयो ।
यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने अगमवाणीअनुसार येशूज्यूले निस्तार-चाडद्वारा नयाँ करार स्थापना गर्नुभयो । मानव-जातिले नयाँ करार निस्तार-चाडद्वारा पूर्ण पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्छन् ।
त्रिएक भन्नाले पिता यहोवा, पुत्र येशू ख्रीष्ट र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भन्ने अर्थ हो । त्रिएक हुनुभएका परमेश्वरले मुक्तिको प्रबन्धलाई ३ युगमा विभाजन गर्नुभएर प्रत्येक युगमा भिन्नाभिन्नै नाउँमा कार्य गर्नुभयो । उहाँले पवित्र आत्माको युगमा कुन नाउँमा कार्य गर्नुहुन्छ होला ?