विवाह भोजको दृष्टान्त, त्यसभित्र लुकेको रहस्य

21399 읽음

विवाह एउटा शुभ कार्य हो । हामीहरू मुक्ति पाएर स्वर्ग जाने कुरालाई येशूज्यूले विवाह भोजमा निमन्त्रणा पाई त्यसमा सहभागी हुने कुरासँग दृष्टान्त गर्नुभयो । अन्य विभिन्न भोजहरूमध्ये किन येशूज्यूले विवाह भोज नै रोज्नुभएको होला ? त्यसमा एउटा विशेष कारण छ । येशूज्यूले बताउनुभएको स्वर्गीय विवाह भोजको दृष्टान्त र प्रकाशको पुस्तकको अगमवाणीलाई सँगै हेर्दा, यस युगमा हामीले कोबाट अनन्त जीवनको आशिष् पाई स्वर्ग फर्कन सक्छौं भन्ने कुरा थाहा हुन्छ ।

येशूज्यूले बताउनुभएको विवाह-भोजको दृष्टान्त

येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो, “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, … तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन् । यसकारण तिमीहरू सडकहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ ।’ तब ती नोकरहरूले सडकहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो ।” मत्ती २२:१-१०

विवाह सम्पन्न हुनलाई त्यहाँ अनिवार्य दुलहा र दुलही हुनुपर्छ । साथै भोजमा पाहुनाहरू पनि अवश्य हुन्छन् । दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूचाहिँ विवाह भोज सम्पन्न हुनको निम्ति अत्यावश्यक पात्र हुन् । मत्ती अध्याय २२को विवाह भोजको दृष्टान्तमा पनि, ‘राजाको छोरा’ अर्थात् दुलहा देखा परेका छन् । यहाँ, राजाको छोरा भन्नाले ‘परमेश्वरका पुत्र’को रूपमा आउनुभएका येशूज्यू हुनुहुन्छ । अनि निमन्त्रणा पाएका व्यक्तिहरू भन्नाले येशूज्यूलाई ग्रहण गरेर स्वर्गीय राज्य प्रवेश गर्ने सन्तहरू हुन् ।

तर उक्त विवाह भोजको दृष्टान्तमा, विवाह समारोहकी प्रमुख पात्र दुलही देखा परेकी छैनन् । दुलहीविना विवाह भोज कदापि सम्पन्न हुन सक्दैन । येशूज्यूले किन दुलहीको बारेमा उल्लेख नगर्नुभएको होला ? स्वर्गीय विवाह भोजमा दुलही नै नभएकोले चाहिँ होइन । २,००० वर्षअघि येशूज्यूको पहिलो आगमनको समयमा दुलही देखा पर्ने समय भइसकेको थिएन । बाइबलमा दुलहीचाहिँ ख्रीष्टको दोस्रो आगमनको समयमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।

येशूज्यूको दोस्रो आगमनको समयमा देखा पर्नुहुने दुलही

प्रकाशको पुस्तकचाहिँ येशूज्यू स्वर्गारोहण हुनुभएपछि ई.सं.९६तिर लेखिएको पुस्तक हो । येशूज्यूले भविष्यमा हुने कुरा यूहन्नालाई प्रकाशमार्फत देखाइदिनुभएको हो (प्रका १:१) । जसमध्येको एकचाहिँ स्वर्गीय विवाह भोजसम्बन्धी प्रकाश हो । २,००० वर्षअघि विवाह भोजको दृष्टान्तमा देखा नपर्नुभएकी दुलही अन्तिममा देखा पर्नुहुन्छ ।

“… थुमाको विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” … प्रका १९:७-९

जब थुमाको विवाहको दिन आउँछ, तब उहाँकी दुलही स्वयम् तयार हुनेछिन्, र विवाह भोजमा निमन्त्रणा पाउनेहरूचाहिँ धन्यका हुन् भनिएको छ । प्रकाशको पुस्तकमा भनिएको थुमाले येशूज्यूलाई सङ्केत गर्दछ (यूह १:२९) । यहाँ थुमाले फेरि आउनुहुने(दोस्रो आगमनका) येशूज्यूलाई सङ्केत गर्दछ । साथै ‘निमन्त्रणा पाउनेहरूले चाहिँ अनन्त जीवनको आशिष् पाउने सन्तहरूलाई जनाउँछ ।

थुमाकी दुलहा हुनुभएका थुमाको साथमा दुलही, जो येशूज्यूको पहिलो आगमनको समयमा देखा पर्नुभएको थिएन, उहाँ पनि देखा पर्नुभएको छ । अन्य विवाह भोजहरूमा जस्तै, स्वर्गीय विवाह भोजमा पनि दुलहा र निमन्त्रित व्यक्तिहरू मात्र होइनकि दुलही पनि निश्चित हुनुहुन्छ । त्यसैले सन्तहरूले मुक्ति पाई स्वर्ग प्रवेश गर्ने कुरालाई येशूज्यूले अन्य भोज नभएर विवाह भोजमा प्रवेश गर्ने कुरासँग दृष्टान्त गर्नुभएको हो । उहाँले २,००० वर्षअघिबाटै दुलहीको अस्तित्वबारे जानकारी दिनुभएको थियो । त्यसोभए दुलही अर्थात् थुमाकी पत्नीचाहिँ को हुनुहुन्छ होला ?

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरू मध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” … परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०

स्वर्गदूतले तिनलाई दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु भने, र स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम देखाए । स्वर्गीय विवाह भोजका दुलहालाई थुमाको रूपमा अभिव्यक्त गरिएको भए पनि उहाँ साँच्चैको थुमा(जनावर) नहुनुभएजस्तै, दुलही पनि साँच्चैको कुनै सहर नभएर स्वर्गीय यरूशलेम सहरको रूपमा व्यक्त गरिनुभएको व्यक्ति हुनुहुन्छ ।

विवाह भोजको दृष्टान्तकी दुलहीचाहिँ माता परमेश्वर

बाइबलमा स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई जनाउँछ ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

माथिको अर्थात् स्वर्गको यरूशलेमलाई ‘हाम्री आमा’ भनिएको छ । यसर्थ दुलही देखा पर्नुहुनेछ भन्ने प्रकाशको अगमवाणीचाहिँ स्वर्गमा रहनुभएकी माता परमेश्वर यो पृथ्वीमा देखा पर्नुहुनेछ भन्ने अर्थ हो । त्यसैले दुलहीलाई ‘स्वर्गदेखि तलतिर झरिरहेको’ यरूशलेम भनेर अभिव्यक्त गरिएको हो ।

स्वर्गीय यरूशलेम मातालाई आफ्नी दुलही बनाउनुभएका थुमाचाहिँ हाम्रा स्वर्गीय पिता हुनुहुन्छ । दोस्रो आगमनका येशूज्यू हुनुभएका पिता परमेश्वर र दुलही हुनुभएकी माता परमेश्वर देखा पर्नुभएर सन्तहरूलाई स्वर्गीय विवाह भोजमा निमन्त्रणा दिनुहुनेछ भन्ने कुरा हो । यस विषयलाई प्रकाश अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलही देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रका २२:१७

त्रिएकअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । पवित्र आत्मा पिता परमेश्वर र दुलही माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ जीवनको पानी अर्थात् अनन्त जीवन दिनको निम्ति हो । यसकारण यो युगमा अनन्त जीवन पाउनको निम्ति हामीले पिता परमेश्वरलाई मात्र होइनकि माता परमेश्वरलाई पनि ग्रहण गर्नैपर्छ । तब मात्र हामीले, विवाह भोजका निमन्त्रित व्यक्तिको रूपमा जीवनको पानी प्राप्त गरी स्वर्ग प्रवेश गर्ने आशिष् पाउन सक्नेछौं (प्रका १९:९) ।

दुलही हुनुभएकी मातालाई कसले चिनाइदिनुहुन्छ होला ?

तर दुःखको कुराचाहिँ, मानव-जाति माता परमेश्वरको अस्तित्व अथवा उहाँको आगमनबारे अनभिज्ञ भएर जिइरहेका छन् । यस्ता हामी मानव-जातिलाई बचाउन पिता परमेश्वर स्वयम्‌ले हामीलाई माता परमेश्वर चिनाइदिनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

“मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ ।” यशै ६२:६-७

परमप्रभु परमेश्वरले यरूशलेमलाई स्थापित गर्नुहुनेछ र उहाँको महिमा पृथ्वीभरि फिँजाउनुहुनेछ भनिएको छ । उहाँ यरूशलेम नै स्वर्गीय माता हुनुहुन्छ । अर्थात् पिता परमेश्वरले माता परमेश्वरको विषयमा गवाही दिनुहुनेछ भन्ने वचन हो । परमेश्वरको यस्तो इच्छालाई उत्पत्तिको पुस्तकमा देखा परेका आदम र हव्वाद्वारा पनि दर्शाइएको छ ।

मानिस(आदम)ले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो । तिनलाई स्त्री भनिने छ । किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् ।” उत २:२३

आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । उत ३:२०

आदमले हव्वालाई “यो त मेरै हाडको हाड र मासुको मासु हो” भने र तिनको नाउँ ‘हव्वा(हिब्रू भाषामा जीवन भन्ने अर्थ)’ राखे । परमेश्वरको स्वरूप र प्रतिरूपमा बनाइएका आदम र हव्वाले भविष्यमा आउनुहुने पिता परमेश्वर र माता परमेश्वरलाई सङ्केत गर्दछन् (रोम ५:१४) । सातौँ दिन शबाथको ठीकअघि आदम र हव्वा सृष्टि गरिएको कुराले, अनन्त विश्रामको ठीकअघि आदमको रूपमा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट अनि हव्वाद्वारा सङ्केत गरिनुभएकी माता परमेश्वर मानव-जातिमाझ देखा पर्नुहुने कुरालाई जनाउँछ । आदमले आफ्नो पत्नीको नाउँ हव्वा(जीवन) राखे । योचाहिँ दोस्रो आगमनका ख्रीष्टले जीवनको वास्तविकता हुनुभएकी माता परमेश्वरको बारेमा गवाही दिनुहुनेछ भन्ने कुराको अगमवाणी हो ।

यी सम्पूर्ण अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्ट पवित्र आत्मा आन साङ होङज्यूले दुलही हुनुभएकी स्वर्गीय माताको विषयमा गवाही दिनुभयो । उहाँले हामीलाई, स्वर्गीय मातालाई विश्वास गरेर पछ्याएमा अनन्त जीवन पाउन सकिन्छ भन्ने कुरा जानकारी दिनुभयो । यसकारण यस युगमा पिता परमेश्वरलाई मात्र होइनकि माता परमेश्वरलाई पनि विश्वास गरेर पछ्याउनेहरूले अनन्त जीवनको आशिष् पाई स्वर्ग जान सक्नेछन् । तिनीहरू नै थुमाको विवाह भोजमा सहभागी हुने धन्यका मानिसहरू हुन् ।

“यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् । …” प्रका १९:९

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기