दोस्रो आगमनका ख्रीष्ट
| येशूज्यू शरीरमा फेरि आउनुहुने कारण

8447 읽음

दोस्रो आगमनका ख्रीष्ट भन्नाले ‘दोस्रो पल्ट आउनुहुने ख्रीष्ट’ हुनुहुन्छ । येशू ख्रीष्ट फेरि आउनुहुनेछ भनेर बाइबलका धेरै पदहरूमा उल्लेख गरिएको छ । त्यसैले दोस्रो आगमनका ख्रीष्ट कहिले, कस्तो स्वरूपमा र कुन उद्देश्यका साथ आउनुहुन्छ भन्नेबारे हामीले जान्नुपर्छ नि, होइन र ? मुक्तिदाताको विषयमा गवाही दिने बाइबलको अगमवाणीद्वारा हामीहरू दोस्रो आगमनका ख्रीष्टको बारेमा संक्षिप्तमा बुझौं ।

अन्तिम इन्साफअघि दोस्रो पल्ट आउनुहुने ख्रीष्ट

अधिकांश ख्रीष्टियानहरूले ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एउटै हो भन्छन् । तिनीहरूले, २,००० वर्षअघि स्वर्गारोहण हुनुभएका येशूज्यू फेरि आउनुहुँदा उहाँले सीधै संसारको इन्साफ गर्नुहुनेछ र सन्तहरू स्वर्ग प्रवेश गर्नेछन् भनी सोच्दछन् । तर येशूज्यूले उहाँको दोस्रो आगमन हुँदा सन्तहरूले उत्तिखेरै मुक्ति पाउनेछन् भन्नुभएको चाहिँ छैन (लूक २१:२७-३१) ।

येशूज्यूले अन्त्यका दिनहरू नोआको समय र लोतको समयजस्तै हुनेछ भन्ने वचन दिनुभयो (मत्ती २४:३७-३८; लूक १७:२६-३२) । नोआको समयमा परमेश्वरले जलप्रलयद्वारा संसारलाई विनाश गर्नुअघि नोआको परिवारलाई जहाजतिर भाग्न लगाउनुभयो । लोतको समयमा सदोम र गमोरालाई आगोद्वारा विनाश गर्नुअघि उहाँले लोतको परिवारलाई सोअरतिर भाग्न लगाउनुभयो । त्यसै गरी यी अन्त्यका दिनहरूमा पनि, संसारलाई इन्साफ गर्नुअघि परमेश्वर स्वयम्‌ले आफ्ना प्रजालाई मुक्तिको शरण-स्थान जानकारी दिनुहुनेछ भन्ने अर्थ हो । यो नै यी अन्त्यका दिनहरूमा दोस्रो आगमनका येशूज्यूले पूरा गर्नुहुने मुक्तिको प्रबन्ध हो (मत्ती २४:३१) ।

दोस्रो पल्ट शरीरमा आउनुहुने ख्रीष्ट

दोस्रो आगमनका ख्रीष्ट बादलमा आउनुहुन्छ भनेर अगमवाणी गरिएको छ (मत्ती २४:३०-३१) । धेरै ख्रीष्टियानहरूले उहाँ साँच्चैको आकाशको बादलमा आउनुहुन्छ भनेर कल्पना गरिरहेका छन् । तर येशूज्यू बादलमा आउनुहुन्छ भन्ने कुराचाहिँ उहाँ मानिसको रूपमा जन्मनुहुन्छ भन्ने अर्थ हो ।

बाइबलमा, बादलले शरीर धारण गरेको मानिसलाई दृष्टान्त गरेको छ (यहू १:१२; हितो २५:१४) । २,००० वर्षअघि मुक्तिदाताको रूपमा आउनुभएका येशूज्यू पनि आकाशका बादलमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । तर उहाँ प्राकृतिक बादलमा होइनकि मानिसको रूपमा आउनुभयो (दान ७:१३-१४; मत्ती २८:१८; यूह १७:९-१०; लूक २२:२९) । यसकारण दोस्रो आगमनका ख्रीष्ट पनि पहिलो आगमनमा जस्तै शरीर धारण गरेर आउनुहुनेछ, र राज्यको सुसमाचार प्रचार गर्नुहुनेछ ।

दोस्रो आगमनका ख्रीष्ट शरीरमा आउनुको उद्देश्य

ख्रीष्टले संसारलाई इन्साफ गर्नुअघि, पहिला उहाँ शरीरमा दोस्रो पल्ट आउनुको कारणचाहिँ परमेश्वरका प्रजाहरू मुक्ति पाउन नसक्ने अवस्थामा भएकाले गर्दा हो । राज्यको सुसमाचार छरिएपछि अधर्म छरिनेबारे येशूज्यूले सामा र गहूँको दृष्टान्तद्वारा पहिल्यै अगमवाणी गर्नुभयो (मत्ती १३:२४-३०, ३६-४२) । यो अगमवाणीअनुसार प्रेरितहरूको युगपछि नयाँ करारको शबाथ-दिननिस्तार-चाड इत्यादि येशूज्यूले सिकाउनुभएको राज्यको सुसमाचार लोप भयो । मण्डलीमा सूर्य देवताको पवित्र दिन रहेको आइतबारको सेवा र सूर्य देवताको जन्मदिन रहेको क्रिसमसजस्ता झूटा सिद्धान्तहरू भरियो ।

यस्तो अवस्थाका कारण, येशूज्यूले दोस्रो आगमनमा संसारमा विश्वास भेट्टाउनुहुनेछैन भन्नुभयो (लूक १८:८) । यसरी साँचो विश्वास नभएको संसारमा येशूज्यू आउनुभएर सत्यता पुनः खोजिदिनुहुँदै मुक्ति पाउने सन्तहरूलाई भेला गर्नुहुनेछ भन्नुभयो (मत्ती २४:३१) । हिब्रूको पुस्तकका लेखकले पनि ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुको कारण नै उद्धारको निम्ति हो भनेर लेखेका छन् (हिब्रू ९:२८) । दोस्रो आगमनमा ख्रीष्टचाहिँ मानव-जातिलाई इन्साफ गर्न होइनकि उद्धार गर्न पुनः एक पल्ट मानिसको जीवन जिउनुहुन्छ (यूह १०:१०) ।

दोस्रो आगमनका ख्रीष्टलाई चिन्ने तरिका

अन्त्यका दिनहरूमा झूटा ख्रीष्ट र झूटा अगमवक्ताहरूले ठूला-ठूला चिन्ह र आश्चर्यका कामहरू देखाएर धेरै मानिसहरूलाई बहकाउनेछन् भनेर येशूज्यूले भन्नुभयो (मत्ती २४:२४) । प्रेरित पावल र यूहन्नाले पनि उस्तै अगमवाणी गरेका छन् (२ थेस २:९-१०; प्रका १९:२०) । यी बाइबलीय अगमवाणीअनुसार अन्त्यका दिनहरूमा चिन्ह र आश्चर्यका काम देखाउनेहरू नै झूटा ख्रीष्टहरू हुन् भन्न सकिन्छ ।

परमेश्वरले, झूटा ख्रीष्टले अपनाउने उस्तै तरिकाद्वारा कदापि मुक्तिको कार्य गर्नुहुन्न । त्यसको ठीक विपरीत अन्त्यका दिनहरूमा देखा पर्नुहुने ख्रीष्टले सियोनमा आफ्नो मार्ग र सत्यता सिकाउनुभएर सन्तहरूलाई मुक्ति दिनुहुन्छ (मीका ४:१-२) । केवल बाइबलको अगमवाणीद्वारा हामीले दोस्रो आगमनका ख्रीष्टलाई चिन्न सक्छौं (यूह ५:३९) ।

बाइबलको अगमवाणीअनुसार देखा पर्नुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू

येशूज्यूले अञ्जीरको रूखको दृष्टान्तद्वारा, त्यस सुकेर मरेको अञ्जीरको रूखले पालुवा फेर्दा आफू दोस्रो पल्ट आउने कुरा जानकारी दिनुभयो (मत्ती २४:३२-३३) । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई सङ्केत गर्छ (यर २४:५; मर्क ११:१२-२०; लूक १३:६-९) । यसकारण अञ्जीरको रूखले पालुवा फेर्ने कुराचाहिँ इस्राएल देश नष्ट भएर पनि यसको सार्वभौमिक शक्ति पुनर्स्थापन हुने विषयको अगमवाणी हो । ई.सं. ७०मा रोमी सेनाद्वारा इस्राएल देश नष्ट भएपछि करीब १,९०० वर्षसम्म देशविहीन भई भौंतारिएका इस्राएलीहरूले चमत्कारपूर्ण ढङ्गले सन् १९४८मा प्यालेस्टाइनमा आफ्नो देश पुनः प्राप्त गरे । यो नै ख्रीष्टको दोस्रो आगमनबारे जानकारी दिने अकाट्य चिन्ह हो ।

साथै दोस्रो विश्वयुद्ध(सन् १९३९-१९४५)पछि लगतै पूर्वको पल्लो छेउबाट परमेश्वरको छाप रहेको नयाँ करारको निस्तार-चाड देखा पर्नेछ भनेर पनि बाइबलमा अगमवाणी गरिएको छ (प्रका ७:१-३) । त्यसैले दोस्रो विश्वयुद्धपछि, इस्राएल देश पुनर्स्थापन भएको सन् १९४८मा पूर्वमा देखा पर्नुभएर नयाँ करार निस्तार-चाड सिकाउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।

यी सम्पूर्ण बाइबलका अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । आन साङ होङज्यूले ३० वर्ष पुग्नुभएको साल सन् १९४८मा बप्तिस्मा लिनुभयो, र लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाड प्रचार गर्नुभयो । पूर्वको पल्लो छेउको देश कोरियामा निस्तार-चाड लगायत सम्पूर्ण नयाँ करारका हराएका सत्यताहरू उहाँले पुनर्स्थापना गरिदिनुभयो । यसरी उहाँले सुरुको मण्डलीको सत्यता पालन गरिने एकमात्र ठाउँ परमेश्वरको मण्डली स्थापना गर्नुभयो ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기