येशूज्यू पुनरुत्थान हुनुभएपछि, सुरुको मण्डलीका सन्तहरूले पुनरुत्थानको आशा र अझ दह्रो विश्वास लिन सके । येशूज्यूले बर्साउनुभएको पवित्र आत्माको शक्ति धारण गरेपछि आश्चर्यजनक सुसमाचारको कार्य पूरा भयो ।
विशेष गरी यशैया र मीका जस्ता पुरानो करार बाइबलका पुस्तकहरूमा येशूज्यूसम्बन्धी विस्तृत रूपमा अगमवाणी गरिएको थियो । येशूज्यूले जन्मदेखि मृत्यु, र पुनरुत्थानसम्म बाइबलमा अगमवाणी गरिएअनुसारको जीवन जिउनुभयो । किनभने उहाँ नै मुक्तिदाता हुनुहुन्छ ।
येशूज्यू मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ । पुरानो करारको अगमवाणीअनुसार पुत्रको रूपमा आउनुभएर येशूज्यूले मुक्तिको मार्ग देखाइदिनुभयो । उहाँले हामीलाई नयाँ करारद्वारा अनन्त जीवन दिनुभयो ।
बप्तिस्मा-दिने यूहन्नाचाहिँ अगमवाणीका एलिया हुन्, जसको मिसन भनेको मुक्तिदाता येशूज्यूको बाटो तयार गर्नु र उहाँको गवाही दिनु थियो । तिनले पुरानो करार बाइबलमा लेखिएको एलियासम्बन्धी केही अगमवाणीहरू पूरा गरे ।
यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने अगमवाणीअनुसार येशूज्यूले निस्तार-चाडद्वारा नयाँ करार स्थापना गर्नुभयो । मानव-जातिले नयाँ करार निस्तार-चाडद्वारा पूर्ण पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्छन् ।
कष्टको साता भन्नाले येशूज्यूले अन्तिम निस्तार-चाड मान्नुअघि यरूशलेममा प्रवेश गर्नुभएको दिनदेखि उहाँ क्रूसमा टाँगिनुभएसम्मको साता हो । मानव-जातिको मुक्तिको निम्ति मृत्युसम्म बलिदान हुनुभएका येशू ख्रीष्टको कष्टको साताको कार्यबारे अध्ययन गरौं ।