गैर-ईसाई धर्मको पर्व, क्रिसमसको उत्पत्ति

4899 읽음

क्रिसमस भन्ने शब्दचाहिँ ‘ख्रीष्ट(Christ)’ र जनसमूहलाई जनाउने ‘मास(mass)’को संयोजन हो, जसको अर्थ ‘ख्रीष्टको जनसमूह’ हो । असंख्य मण्डलीहरूले हरेक वर्ष क्रिसमसलाई येशूज्यूको जन्मदिनको रूपमा मनाउने गर्छन् । तर सुरुको मण्डलीको समयमा भने क्रिसमस थिएन । कारण क्रिसमसचाहिँ त्यो समय बितेको सयौँ वर्षपछि चौथो शताब्दीतिर उत्पन्न भएको हो । अहिले राष्ट्रियता र धर्मलाई पार गर्दै विश्वव्यापी पर्वको रूपमा मनाइने क्रिसमसको उत्पत्ति र ऐतिहासिक अर्थबारे बुझौं ।

डिसेम्बर २५चाहिँ खासमा सूर्य देवताको जन्मदिन

पहिलो शताब्दीतिर, फारसको जोरोआस्थ धर्मबाट व्युत्पन्न भएको मिथ्रा धर्म रोममा फैलिएयो र यसले ‘रोमको धर्म’को रूपमा ठाउँ ओगट्यो । मिथ्रा धर्म भनेको सूर्य देवता मिथ्रालाई विश्वास गर्ने धर्म हो । सूर्य देवता मिथ्राको जन्मदिन नै, प्राचीन रोमको पात्रोमा वर्षको सबैभन्दा छोटो दिन रहेको हिउँदे संक्रान्तिको दिन अर्थात् डिसेम्बर २५ थियो ।

मिथ्रालाई ‘सोल इन्भिक्टस्(Sol Invictus)’ अर्थात् अजेय देवताको रूपमा सैनिकहरूले पुज्ने गर्थे । पम्पेइ(ई.पू. १०६-ई.पू. ४८)को पूर्वतिरको यात्रापछि रोमी साम्राज्यका संरक्षक देवताको स्थानमा मिथ्रालाई राखियो । सम्राट ओरेलियन(ई.सं. २७०-ई.सं. २७५सम्म राज्य)ले सूर्य देवता मिथ्राको गृहनगर रहेको एमेसा(Emesa)मा शत्रुहरूलाई पराजित गरेपछि मानिसहरूले “मिथ्राले आफ्ना प्रजालाई त्यागेर रोमलाई विजयी तुल्याए” भने । त्यसपछि डिसेम्बर २५लाई अजेय सूर्यको जन्मदिन र रोमी साम्राज्यको राष्ट्रिय बिदाको रूपमा घोषणा गर्दै भव्य उत्सवको आयोजना पनि गरियो ।

सूर्य देवताको जन्मदिनलाई स्वीकार्ने रोमको मण्डली

ई.सं. ३१३मा ख्रीष्टियान धर्मलाई आधिकारिक बनाएका सम्राट कन्स्टेन्टाइनलाई पनि ‘अजेय सूर्य देवता’ मिथ्रा मन पर्थ्यो । ख्रीष्टियान धर्मलाई मान्यता दिएपछि तिनले सूर्य देवता मिथ्रा र ख्रीष्टियान धर्मको परमेश्वरलाई एउटै ईश्वर मान्दै दुईटा धर्महरूलाई गाभ्न खोजे । यस्तो अवस्थामा पहिल्यै रोमी साम्राज्यबाट धेरै लाभ उठाउँदै सांसारिक भएको मण्डलीले आफ्नो मौलिकता गुमाएर गैर-ईसाई धर्मका विचारधारा र प्रतीकहरूलाई ग्रहण गऱ्यो । जसमध्ये एउटा नै सूर्य देवताको जन्मदिन, डिसेम्बर २५ मनाउनु थियो ।

ख्रीष्टियान धर्म र गैर-ईसाई धर्मको रीतिरिवाज

“ख्रीष्टियान मण्डलीहरूले गैर-ईसाई धर्मका विभिन्न विचार र प्रतिमाहरू भित्र्याए । उदाहरणको लागि, डिसेम्बर २५को दिनमा ख्रीष्टको जन्मदिन मनाउने प्रथाचाहिँ सूर्यको जन्मदिन मनाउने पर्वबाट आएको हो ।” ख्रीष्टियान धर्मको इतिहास (अ लायन ह्यान्डबुक), लायन प्रकाशन, सन् १९९४

ख्रीष्टियान मण्डलीले गैर-ईसाई धर्मका विचारधारा र प्रतीकहरूलाई अपनायो । उदाहरणको लागि, सूर्यको जन्मदिन रहेको डिसेम्बर २५मा ख्रीष्टको जन्मदिन मनाउने चलन सूर्य पूजाबाटै आएको हो ।” मण्डलीमा सूर्य देवताको जन्मदिन भित्रियो, र त्यसलाई येशूज्यूको जन्मदिनको रूपमा मनाइयो । क्रिसमस पहिलो चोटि मनाइएको चाहिँ रोमको मण्डलीमा हो ।

“डिसेम्बर २५मा क्रिसमस … येशू ख्रीष्टको जन्मदिनको सम्झनामा … रोमका गैर-ईसाईहरूले पर्व मनाउने यो दिन … ‘अजेय सूर्यको जन्मदिन(natalis solis invicti)’लाई ईसाईकरण गरेको कुरा देखिन्छ । जुनचाहिँ प्रकाशको वृद्धि दर्शाउनलाई हिउँदे संक्रान्तिमा सुरु हुन्छ ।” ब्रिटानिका विश्वकोश, सन् २०१०, ‘क्रिसमस’ भन्ने शब्दअन्तर्गत

ई.सं. ३५४मा रोमको मण्डलीले क्रिसमस मनाउन थाल्यो । येशूज्यूको जन्मदिनसँग कुनै सरोकार नभएको गैर-ईसाई धर्मका देवताको जन्मदिनलाई मण्डलीले अपनायो । अर्थात् प्रेरितहरू लगायत सुरुको मण्डलीका सन्तहरू कसैले पनि क्रिसमस मनाएनन् भन्ने कुरा हो । वास्तवमै, बाइबलमा क्रिसमसको बारेमा कतै पनि अभिलेख गरिएको छैन ।

क्रिसमसचाहिँ गैर-ईसाई धर्मको पर्वको दिन

अर्को एउटा पुस्तकमा चाहिँ प्राचीन रोममा डिसेम्बरमा मनाइने ३ वटा चाडहरूबाट क्रिसमसको उत्पत्ति भएको कुरा वर्णन गरिएको छ ।

“क्रिसमसः सर्वप्रथम रोममा बिशप लिबेरियसको पालामा मनाइएको पाइन्छ … क्रिसमसचाहिँ सम्भवतः रोममा डिसेम्बर महिनातिर समानता, स्वतन्त्रता तथा सूर्य देवताको सम्झनामा क्रमैसँग मनाइने स्याटर्नालिया, सिगिलारिया, जुभेनेलिया र ब्रुमालिया जस्ता असभ्य पर्वहरूको रूपान्तरण तथा पुनरोत्पत्ति हो …

स्याटर्नालिया(Saturnalia)चाहिँ शनि अथवा क्रोनस देवताको प्रभुत्व रहेको त्यो स्वर्ण युगको सम्झनात्मक पर्व थियो । यो समयमा कसैले पनि काम गर्दैनथे, कैदीहरूलाई मुक्त गरिन्थ्यो, दासहरूले भद्र पोशाक र शिरमा ह्याट (स्वतन्त्र मानिसको प्रतीक) लगाउँथे, सबै वर्गका मानिसहरू आपसमा भेदभाव नराखी मोजमज्जामा लिप्त हुन्थे ।

सिगिलारिया(Sigillaria)चाहिँ स्याटर्नालिया पर्व समापन हुन लागेको डिसेम्बर २१ र २२मा मनाइने चित्र र खेलौनाहरूको पर्व थियो । यस बेला बालबालिका र नातेदारहरूलाई देवताहरूका स-साना चित्रहरू, मैनबत्ती तथा हरकिसिमका सुन्दर र विलासी सामग्रीहरू वितरण गर्ने गरिन्थ्यो ।

ब्रुमा(brevissima, सबैभन्दा छोटो दिन)बाट आएको ब्रुमालियाचाहिँ हिउँदे संक्रान्ति र सोल इन्भिक्टस फिर्ता हुने कुरासँग सम्बन्धित थियो । *सोल इन्भिक्टसः अजेय सूर्य

यस्ता चाडहरूमा सामेल हुन नसक्ने भएकोले ख्रीष्टियानहरू भिन्नै अर्थमा मनाउने चाडको खोजी गर्न भेला भए । अनि, सूर्योदयपछि येशूको जन्मोत्सव मनाउन उचित ठाने । गैर-ईसाईका यस्ता रीतिरिवाजबाट नै डिसेम्बर २५, सूर्यको जन्मदिनमा येशूज्यूको जन्मोत्सव मनाउन सुरु भयो । यो नै क्रिसमसको उत्पत्ति हो । ख्रीष्टियान मण्डलीको इतिहास, खण्ड ३, चार्ल्स स्क्रिब्नर्स सन्स, सन् १९१४, पेज नं. ३९५-३९६

यसरी क्रिसमसचाहिँ सांसारिक भएका ख्रीष्टियानहरूले, बाइबलमा मिति नतोकिएको येशूज्यूको जन्मदिनलाई सूर्य देवताको जन्मदिन रहेको डिसेम्बर २५मा बनाएको कुरा हो । सूर्य देवतालाई विश्वास गर्ने गैर-ईसाईहरू ख्रीष्टियान धर्ममा परिवर्तन त भए, तर वास्तवमा तिनीहरूले केही विधिहरूलाई मात्र परिवर्तन गरेर आफ्नो धार्मिक जीवन जारी राखे ।

१६औँ शताब्दीपछि रोमन क्याथोलिकवादबाट छुट्टिएका प्रोटेस्टेन्टहरूले रोमन क्याथोलिकवादको परम्परालाई जस्ताको तस्तै अपनाए । त्यसैले तिनीहरूले रोमन क्याथोलिक मण्डलीमा प्रयोग हुने ‘मास’ भन्ने शब्द समाहित क्रिसमस अझै मनाइरहेका छन् ।

क्रिसमसचाहिँ परमेश्वरको इच्छाविरुद्ध

क्रिसमस येशूज्यूको जन्मदिन हो भन्ने कुराको व्यापक चर्चा छ तर वास्तवमा योचाहिँ सूर्यलाई पुज्ने गैर-ईसाई धर्मको रीतिरिवाज मात्र हो । ईसाई र गैर-ईसाई धर्मावलम्बी सबैले ख्रीष्टियान धर्मसँग कुनै सरोकार नभएको डिसेम्बर २५मा शान्ति र आशाको निम्ति ख्रीष्टलाई पुकार्नु र प्रार्थना गर्नु भनेको अलि विरोधाभासपूर्ण कुरा हो । अधिकांश मण्डलीहरूले परमेश्वर शरीरमा आउनुभएको दिनको सम्झना गर्छौं भने तापनि तिनीहरूले वास्तवमा सूर्य देवताको जन्मदिन मनाइरहेको यथार्थता पनि उस्तै कुरा हो ।

ख्रीष्टियानहरूको विश्वासचाहिँ परमेश्वरको वचनमा आधारित हुनुपर्छ, कुनै देशको रीतिरिवाज अथवा गैर-ईसाई धर्ममा हुनुहुँदैन । परमेश्वरले, अन्य देवतालाई पुज्ने मानिसहरूजस्तो हुनुहुँदैन पनि भन्नुभएको छ (व्य १२:३०) । अनि वरपरका जाति-जातिहरूका चाल सिकेका मानिसहरूलाई दण्ड दिइनेछ भनेर पनि चेतावनी दिनुभएको छ (इज ११:८-१२) । तापनि यदि कसैले सूर्य पुज्ने विधि रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा मनाउने कुरामा जिद्दी गरे भने त्योचाहिँ परमेश्वरको इच्छाविरुद्धको कार्य हो । अन्ततः तिनीहरूले आफैमाथि दण्ड निम्त्याउँछन् ।

FacebookTwitterEmailLineMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기