१६औँ शताब्दीमा गरिएको लुथरको धर्म-सुधारबाट धार्मिक स्वतन्त्रता त प्राप्त भयो तर यसले रोमन क्याथोलिक मण्डलीले बनाएको गलत सिद्धान्तलाई सच्च्याउन भने सकेन । दोस्रो आगमनका ख्रीष्ट आउनुभएर सुरुको मण्डलीको नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभई पूर्ण धर्म-सुधार गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावटचाहिँ ई.सं. ६४ देखि ख्रीष्टियानलाई मान्यता दिइएको साल ई.सं. ३१३सम्म करीब २५० वर्ष जारी रह्यो । सम्राटहरूको नेतृत्वमा गरिएको १० चरम सतावट जस्ता अनेक उत्पीडनको बाबजुद पनि ख्रीष्टियानहरूले विश्वासलाई परित्याग गरेनन् ।
सुरुको मण्डलीले येशूज्यूद्वारा स्थापित शबाथ-दिन, निस्तार-चाड लगायतका नयाँ करारको सत्यता पालन गरेको थियो । वर्तमान समयमा सुरुको मण्डलीको विशुद्ध सत्यतालाई पुनर्स्थापना गर्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पूर्ण धर्मसुधार गर्नुभयो । उहाँले मण्डलीको इतिहासबाट लोप भएको नयाँ करारको सत्यतालाई पूर्ण रूपमा पुनर्स्थापन गर्नुभयो, र एकमात्र वैधानिक मण्डली, परमेश्वरको मण्डलीलाई पुनर्निर्माण गर्नुभयो ।